लेकसाइडको स्पा (मसाज)सेन्टरबाट  ५ जना बालिकाको उद्धार

पाेखरा | जेठ १२, २०८१

लेकसाइडको स्पा (मसाज)सेन्टरबाट  ५ जना बालिकाको उद्धार

पोखरा:     पोखरा लेकसाइडस्थित सञ्चालनमा रहेका ३ स्पा (मसाज) सेन्टरबाट ५ जना बालिकाको उद्धार गरिएको छ । 


लेकसाइडमा सञ्चालन रहेका ३ वटा स्पा (मसाज) सेन्टरबाट जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलिले हिजो (शुक्रबार) ५ जना बालिकाको उद्धार गरेको हो । प्रहरीले जेठ २ गतेपनि स्पा (मसाज) सेन्टरबाट ६ बालिकाको उद्धार गरेको थियो । 


 

यो पनि पढ्नुहोस

 


जिल्ला प्रहरी कार्यालय कास्की,पोखरा महानगरपालिका सामाजिक महाशाखा,राष्ट्रिय बाल अधिकार परिषद् र शक्ति समुह नेपाल संस्थाबाट खटिएको अनुगमन टोलिले लेकसाइडमा सञ्चालनमा रहेका १५ वटा स्पा (मसाज) सेन्टर अनुगमन गर्दा ३ वटा स्पाबाट १८ वर्ष भन्दा कम उमेरका ५ जना बालिकाको उद्धार गरेको हो । 


प्रहरीले नेक्टर इको फुट स्पाबाट ३ जना, पञ्चासे स्पा पार्लर र नमस्ते वेलनेस स्पाबाट १÷१ जना बालिकाको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक बसन्त कुमार शर्माले जानकारी दिए । 
 

लेखनाथ:    महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ ।   शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...

थप पढ्नुहोस्

पोखरा:   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...

थप पढ्नुहोस्

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

थप पढ्नुहोस्